एमसिसीका कारण राष्ट्रियता खतरामा छ : झलनाथ खनाल

आइतबार, १० भदौ, २०८०
डिजिटल संस्करण

पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रियता खतरामा परेको दाबी गरेका छन्। 

आइतबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। राष्ट्रियतामाथिको खतरा विभिन्न खालका सन्धि, सम्झौताका कारण आएको बताए। 

अमेरिकी आर्थिक सहयोग परियोजना (एमसिसी) कारण पनि देशको राष्ट्रियता खतरामा रहेको उनको भनाइ थियो। 

उनले भने, ‘आज देशमा हेर्नुहोस्, देशको राष्ट्रियतामाथि त्यत्तिकै खतरा बढिरहेको छ। राष्ट्रियतामाथिको खतरा। चाहे विभिन्न खालका सन्धि–सम्झौता हुन्, चाहे यी नयाँ–नयाँजस्तो एमसिसी भन्नुस्। एमसिसी अमेरिकी साम्राज्यवादले खडा गरेको जुन इन्डाेप्यासिफिक स्ट्राटेजी हो।’ 

नेता खनालले विगत केही समयदेखि नेपालको विदेश नीति पनि असन्तुलित भएको दाबी गरे। 

सुझावित समाचार