सदन खोलेर गृहमन्त्रीको कुरा सुन्ने सहमति

मंगलबार, २३ साउन, २०८०
डिजिटल संस्करण

सभामुख देवराज घिमिरेको उपस्थितिमा प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक सकिएको छ। बैठकमा सदन खोल्ने सहमति भएको छ। 

सबैलाई कुरा राख्न दिने र गृहमन्त्रीका कुरा सुन्ने सहमति भएको माओवादी प्रमुख सचेतक हितराज पाण्डे जानकारी दिए। उनले भने, ‘एसपी सञ्जयसिंह थापाको नेतृत्वमा विशेष टोली गठन गरेर सिआइबीले अनुसन्धान थालेको छ। अपराधीलाई कानुनी दायरामा ल्याउन सरकार लचक छ। राष्ट्रिय समस्या हल गर्न प्रधानमन्त्री लचकताको अन्तिम विन्दुसम्म जान तयार हुनुहुन्छ। निर्दोष एकजना पनि नपर्ने नीति सरकारको छ।’ 

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने उच्चस्तरीय छानबिन समिति गठन गर्ने आफ्नो माग भने यथावत् राखेको छ। सय किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै संघीय संसद्का दुवै सदन अवरुद्ध गर्दै आएको छ। 

सुझावित समाचार