गृह मन्त्रालयका प्रवक्ता फेरिए

सोमबार, १५ साउन, २०८०
डिजिटल संस्करण

गृह मन्त्रालयमा प्रवक्ताको जिम्मेवारी सहसचिव नारायणप्रसाद भट्टराईले पाएका छन्। 

यसअघि प्रवक्ता रहेका जितेन्द्र बस्नेत काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएपछि भट्टराईले सो जिम्मेवारी पाएका हुन्।

सहसचिव भट्टराई यसअघि यातायात व्यवस्था विभागको महानिर्देशक थिए। गृह मन्त्रालयमा सरुवा गरी उनलाई शान्ति सुरक्षा समन्वय महाशाखाको जिम्मेवारी दिइएको छ।
 

सुझावित समाचार