‘५० लाखसम्मको सेयर धितो कर्जामा १०० प्रतिशतको जोखिम भार’

साना अटो व्यवसायीलाई प्रोत्साहन

आइतबार, ७ साउन, २०८०
डिजिटल संस्करण

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति ०८०/८१ को सन्दर्भमा स्पष्ट पारेका छन् । उनले पत्रकार सम्मेलनमार्फत स्पष्ट पारेका हुन् ।

सेयर धितो कर्जामा सय प्रतिशत जोखिम भार सम्बन्ध व्यवस्थामा रहेको २५ लाखको सीमालाई बढाउन लागेको गभर्नर अधिकारीले बताए।

२५ लाख रुपैयाँसम्मको सेयर धितो कर्जामा शतप्रतिशत जोखिम भार राख्नुपर्ने व्यवस्था थियो । अब यो सीमालाई ५० लाख रुपैयाँ पुर्याइने भएको गभर्नर अधिकारीले जानकारी दिए। त्यसभन्दा माथिको कर्जामा एक सय ५० प्रतिशत जोखिम भारसम्बन्धी व्यवस्थालाई यथावत् राख्ने अधिकारीले स्पष्ट पारे।

अटोकर्जाको हकमा साना अटो व्यवसायलाई राहत दिने उल्लेख छ। गभर्नर अधिकारीले २५ लाखसम्मका अटोकर्जालाई सय प्रतिशत जोखिम भारको व्यवस्था गर्ने बताए।

सुझावित समाचार