कर्णाली राजमार्ग : गाडी धकेल्दै गन्तव्यमा [फोटोफिचर]

आइतबार, ३१ असार, २०८०
डिजिटल संस्करण

बर्खा सिजनमा कर्णाली राजमार्गमा यात्रा गर्ने यात्रु सवारीसाधन ठेल्दै धकेल्दै गन्तव्यमा पुग्ने गरेका छन्। 

ठाउँठाउँमा जीर्ण बनेको सडक, खाल्डाखुल्डी, गाडी नै फस्ने हिलो। हरेक बर्खा सवारीसधानले यात्रु बोक्नुको साटो यात्रुले ठेल्दै धकेल्दै गन्तव्यमा पुर्‍याउनुपर्ने बाध्यता छ। 

कर्णाली राजमार्गको कालीकोट सडकखण्डअन्तर्गत सुधार खोलामा बढी यस्तो समस्या हुने गरेको छ। यो क्षेत्रमा सडक पिच छैन। सडकभरि हिलैहिलो छ। 

ढल निकासका लागि नाला नभएका कारण सडकमा पानी बग्ने र हिलो हुने गरेकाले सवारीसाधन फस्ने भासिने गरेको यात्रु नरबहादुर थापाले बताए। उनका अनुसार यस्तो समस्या टिमुरे भिरलगायत धेरै ठाउँमा छ। 

सुझावित समाचार