नेपालमा बाह्रै महिना घुम्न सकिने डेस्टिनेसनहरू छन् । अहिलेको समय छिनछिनमा मौसम परिवर्तन हुन्छ र आकाश खुल्छ । चारैतर्फ हरियाली देखिने भएकाले पनि मानिसहरू घुमघाममा निस्कन रुचाउँछन् । तर, वर्षामा घुमघाममा निस्कँदा केही कुरा ख्याल गर्न जरुरी छ ।
- गन्तव्यस्थलको छनोट गर्ने
- आफू जान लागेको गन्तव्यस्थलको पूर्वतयारीसहितको योजना बनाउने । सडकको अवस्थाबारे जानकारी लिने ।
- मौसमसम्बन्धी जानकारी लिने ।
- गन्तव्यस्थलमा खाना, वासको सुविधा भए/नभएको स्थितिबारे जानकारी लिने ।
- आफू कुन क्षेत्रमा जान लागेको हो, के–के गतिविधि गर्ने हो, त्यसका लागि बजेट आकलन गर्ने ।
- डेंगुलगायत अन्य रोगको संक्रमण हुन सक्छ, सचेत रहने ।
- वाटरप्रुफ कपडा र जुत्ता लगाउने, पानीमा भिजे पनि छिटो सुक्ने सिन्थेटिक फ्याब्रिकका कपडा लगाउन सकिन्छ । प्राथमिक उपचार किट बोक्ने ।
- स्वास्थ्यवर्द्धक खानपानमा जोड दिने ।
- पानीको बोतल साथमा लैजाने । बाटोमा पानीको मुहान भेटिन सक्छन्, तर त्यस्ता स्रोतबाट आएको पानी सोझै नपिउने । प्रदूषित पानीमा हैजालगायत विभिन्न रोगका कीटाणु हुन सक्ने भएकाले सतर्क रहने ।
- जथाभावी प्लास्टिकलगायतका फोहोर नफाल्ने ।
- यात्रामा निस्कँदा दिगो पर्यटनका अभ्यास र उत्तरदायी पर्यटनका व्यवहार के हुन् भन्ने कुरालाई ध्यान दिने ।