गुडिरहेको बसमा करेन्ट लाग्दा बाबु-छोराको मृत्यु

बिहिबार, २१ असार, २०८०
डिजिटल संस्करण

दाङको तुलसीपुरबाट रोल्पाका लागि छुटेको यात्रुवाहक बसमा विद्युतीय तारले करेन्ट लागेर बाबु–छोराको  मृत्यु भएको छ।

उक्त घटनामा एकजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। तुलसीपुर–सल्यान सडक खण्डअन्तर्गत कपुरकोट गाउँपालिका– ३ चोरखोलानजिकै लत्रिएको ११ हजार भोल्टेजको विद्युतीय तारमा रा.१ ख ८३४ नम्बरको बसले छुँदा दुईजनाको मृत्यु भएको हाे। 

मृत्यु  हुनेमा रोल्पाको गंगादेव गाउँपालिका– ४ निवासी ७० वर्षका बालाराम डाँगी र उनका छोरा ४५ वर्षका टोपलाल डाँगी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार गाडीधनी सल्यानको छत्रेश्वरी गाउँपालिका– ६ निवासी ३३ वर्षका महेन्द्र वली गम्भीर घाइते भएको छन्। बसमा २७ जना यात्रु सवार थिए।

सुझावित समाचार