चार्टर्ड एकाउन्टेनमा भविष्य राम्रो छ : गभर्नर अधिकारी

बिहिबार, १४ असार, २०८०
डिजिटल संस्करण

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अन्तर्राष्ट्रियस्तरमा ठूलो सम्भावना भएको पेसा चार्टर्ड एकाउन्टेन रहेको बताएका छन्। बिहीबार काठमाडौंमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्। 

उनले पछिल्लो समय प्रविधिको विकाससँगै चार्टर्ड एकाउन्टेनको काम महत्वपूर्ण हुँदै गएको बताए। चार्टर्ड एकाउन्टेन पेसालाई रणनीतिक र विश्वसनीय व्यापार साझेदारको रूपमा परिभाषित गर्न आवश्यक रहेको उनको भनाइ थियो। 

उनले विश्वमा पछिल्लो समय अन्तर्राष्ट्रिय रूपमा नै चार्टर्ड एकाउन्टेनको विकास र विस्तार हुँदै गएको भन्दै भविष्यमा राम्रो सम्भावना रहेको बताए। 

सुझावित समाचार