३३ तोला सुन र साढे २ लाख चोरी

बुधबार, ६ असार, २०८०
डिजिटल संस्करण

पूर्वी चितवनको रत्ननगर– १२ का गोपाल ओझाको घरबाट नगदसहित ठूलो परिमाणमा सुनका गहना चोरी भएको छ । मंगलबार मध्याह्न १२:४५ बजे ओझाको किसानचोकस्थित घरबाट ३३ तोला ५० लालबराबरका सुनका गरगहना तथा साढे दुई लाख रुपैयाँ नगद चोरी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पछाडिपट्टिको ढोका फोडेर चोर घरभित्र पसेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । तलो तलको कोठामा रहेको दराज फोडेर नगद र गरगहना चोरी भएको हो । चोरको खोजीकार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।
 

See More On

सुझावित समाचार