तनहुँमा बोराभित्र महिलाको शव फेला

मंगलबार, ३० जेठ, २०८०
डिजिटल संस्करण

तनहुँको व्यास नगरपालिका– ४ स्थित चिहानडाँडानजिक बोराभित्र आज एउटा शव फेला परेको छ। उक्त वडाको चिहानडाँडानजिकको नालामा बोराभित्र महिलाको शव सडिसकेको अवस्थामा फेला परेको हो। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले मृत फेला परेको महिलाको पहिचान नखुलेको बताए।

घटनास्थलमा प्रनाउ खाणको नेतृत्वमा प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको छ। उनले भने, ‘प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ। अनुसन्धानपछि मात्रै सत्यतथ्य पत्ता लाग्छ।’

व्यास नगरपालिका– ४ का वडासदस्य सरोज भण्डारीका अनुसार महिलाको हात पछाडिपट्टि बाँधिएको अवस्थामा थियो। उनका अनुसार शव सडिसकेकाे छ। उक्त बाटो हिँडडुल गर्ने स्थानीयवासीले गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए।

See More On

सुझावित समाचार