सर्वोच्चको अन्तरिम आदेशविरुद्ध मधेसवादी दलहरू प्रदर्शनमा

सोमबार, २२ जेठ, २०८०
डिजिटल संस्करण

राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण भई राजपत्रमा प्रकाशित भएर लागू हुने चरणमा रहेकै वेला सर्वोच्च अदालतले सबै प्रक्रिया यथास्थितिमा राख्न आदेश गरेपछि मधेसवादी दलहरूले प्रदर्शनमा उत्रिएका छन्।

सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध जनता समाजवादी पार्टी, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले सप्तरीको सदरमुकाम राजविराजमा संयुक्त रूपमा विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले सर्वोच्चको अन्तरिम आदेश खारेज गरी नागरिकताविहीन नेपालीलाई नागरिकता दिनुपर्ने माग राखेका छन्।

सुझावित समाचार