कालीगण्डकी करिडोरबाट बस खस्यो, नाैजना घाइते

मंगलबार, १६ जेठ, २०८०
डिजिटल संस्करण

नवलपुरको गैँडाकोट नगरपालिका– ३ तारङखोलामा बस दुर्घटना हुँदा नाैजना घाइते भएका छन् । गैँडाकोटको तारङखोलास्थित करिडोरमा मंगलबार साँझ साढे ६ बजे बस दुर्घटना भएको हो ।

चितवनबाट भ्रमणका लागि गएको बा.२ख ७५८३ नम्बरको बस नवलपुरको बुलिङटार गाउँपालिका– ६ घुमाउरीघाट घुमेर फर्कने क्रममा ब्रेक फेल भई दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ ।

बसमा २७ यात्रु थिए । ब्रेक फेल भएपछि सडकको बायाँतर्फ पल्टिँदा बसमा सवार नाैजना घाइते भएका हुन् । 

घाइतेहरूलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।

सुझावित समाचार