प्रधानमन्त्रीको भारत भ्रमणमा परराष्ट्र र ऊर्जासहित पाँच मन्त्री सहभागी हुने

सोमबार, १५ जेठ, २०८०
डिजिटल संस्करण
प्रधानमन्त्रीको भारत भ्रमणमा परराष्ट्र र ऊर्जासहित पाँच मन्त्री सहभागी हुने

फाइल तस्बिर

सरकारले आर्थिक वर्ष ०८०/८१ को बजेट संसदमा प्रस्तुत गर्न स्वीकृति दिएको छ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष ०८०/८१ को बजेट संसदमा प्रस्तुत गर्न स्वीकृति प्रदान गरेको हो। 

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालको जेठ १७ देखि २० गतेसम्म हुने भारत भ्रमणको टोली निर्माण गरेको बताए। 

टोलीमा प्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री नारायणप्रसाद साउदसहित पाँचजना मन्त्री सहभागी हुनेछन्। मन्त्रिपरिषद्बाट प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत भएको छ। 
 

सुझावित समाचार