‘नीति तथा कार्यक्रममा देश असामान्य अवस्थामा रहेको यथार्थलाई लुकाउन खोजियो’

आइतबार, ७ जेठ, २०८०
डिजिटल संस्करण
‘नीति तथा कार्यक्रममा देश असामान्य अवस्थामा रहेको यथार्थलाई लुकाउन खोजियो’

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले नीति तथा कार्यक्रममा देश असामान्य अवस्थामा रहेको यथार्थलाई लुकाउन खोजेको टिप्पणी गरेका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले अर्थतन्त्रको यथार्थहरूलाई सम्बोधन नगरेको बताएका हुन्। तरलता अभाव, उच्च ब्याजदर, ऋण नतिर्नेलाई राजनीतिक संरक्षण, व्यवसायीको खस्केको मनोबललगायतका यथार्थलाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम नआएको ओलीको भनाइ छ।

‘निर्यात २६ प्रतिशतले घटेको छ। आयात १८ प्रतिशतले घट्दा विकास निर्माणका सामग्री, औद्योगिक कच्चा पदार्थ, विद्युत् तथा सञ्चार उपकरण, कृषि उपकरण, निर्यात गरिने वस्तुका कच्चा पदार्थ अभाव हुन थालेका छन्,’ उनले भने, ‘अझ दुर्भाग्यपूर्ण त के छ भने देश असामान्य अवस्थामा रहेको यथार्थलाई सरकारले लुकाउन खोजेको छ। लुकाउन मात्रै होइन– रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ।’

सुझावित समाचार