ज्यान देखिन्छ, जीवन छैन : एमाले सांसद योगेश भट्टराई

नीति तथा कार्यक्रममाथि प्रतिकृया

शुक्रबार, ५ जेठ, २०८०
डिजिटल संस्करण

एमाले सांसद योगेश भट्टराईले नीति तथा कार्यक्रममा प्राण नभएको प्रतिक्रिया दिएका छन् । 

आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै उनले भने, ‘ज्यान देखिन्छ, जीवन छैन, प्राण छैन ।’ 

उनले तमाम चुनौती सामना गर्न सक्ने गरी नीति तथा कार्यक्रम आउन नसकेको बताए । 
‘आर्थिक चुनौती छन्, सामाजिक चुनौती छन्, व्यवस्थामाथिका चुनौती छन् । सुशासन छैन, भ्रष्टाचार बढेको छ । यी तमाम पक्षमा ठोस र प्रभावकारी कार्ययोजना आएको छैन,’ उनले भने । 

सुझावित समाचार