फोटोकपी गरेजस्तो हुबहु आउनु राम्रो होइन : राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही

नीति तथा कार्यक्रममाथि प्रतिक्रिया

शुक्रबार, ५ जेठ, २०८०
डिजिटल संस्करण

राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले नीति तथा कार्यक्रम फोटोकपी गरेजस्तो हुबहु आएको प्रतिक्रिया दिएका छन् । 

आगामी आर्थिक वर्षका लागि सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले आज सार्वजनिक गरेको नीति तथा कार्यक्रम विगतकै निरन्तरता भएको उनको भनाइ छ । 

‘फोटोकपी गरेजस्तो हुबहु आउने चलन नै बस्यो,’ उनले भने, ‘यसलाई कम गर्दै लैजानुपर्छ ।’ उनले नीति तथा कार्यक्रमको कार्यान्वयन ठूलो कुरा भएको भन्दै लागू गराउनेतिर राप्रपाको दबाब रहने प्रतिक्रिया दिए । 

सुझावित समाचार