अर्थतन्त्रमा देखिएका समस्या समाधन गर्ने नीति ल्याइने

शुक्रबार, ५ जेठ, २०८०
डिजिटल संस्करण

सरकारले पछिल्लो समय देखिएको महँगी, उच्च ब्याजदरलगायतका समस्या समाधान गर्ने नीति ल्याउने भएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा अहिले बाचन गरिरहेको आगामी आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रममा त्यस्तो उल्लेख छ । 

नीति तथा कार्यक्रममा बाह्य क्षेत्रमा देखिएको दबाबलाई समाधान गर्न पनि आवश्यक नीति ल्याइने उल्लेख छ । 

नीति कार्यक्रम बाचन गर्दै राष्ट्रपतिले समग्रमा पछिल्ला समस्या अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्ने नीति ल्याइने बताए । 

सुझावित समाचार