जुनसुकै योजनालाई ‘राष्ट्रिय गौरवको आयोजना’ भन्नुहुँदैन : अध्यक्ष तिमिल्सिना

मंगलबार, २ जेठ, २०८०
डिजिटल संस्करण

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जथाभावी रूपमा राष्ट्रिय गौरवको आयोजना भनेर नामकरण गर्न नहुने बताएका छन्।

अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय गौरवका आयोजनाहरूको स्पष्ट परिभाषा तय गरी त्यसभित्र पर्नेलाई मात्रै सो नामकरण गर्न उपयुक्त हुनेतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराए। मंगलबार संघीय संसद् राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले यस्तो धारणा राखेका हुन्।

‘अहिलेको अर्थमन्त्रीलाई लाग्यो कि कुनै योजना, यो राष्ट्रिय गौरवको आयोजना हो भनेर लेख्नुभयो। वर्तमान प्रधानमन्त्रीले यो पनि राखौँ भन्यो र राख्यो। फेरि फेरिनुहुन्छ । उहाँलाई अर्को लाग्छ । राष्ट्रिय गौरवको पहिला परिभाषा हुनुपर्याे,’ तिमिल्सिनाले भने।

अध्यक्ष तिमिल्सिनाले आयोजनाको काम पूरा नहुँदासम्म जिम्मेवार पदाधिकारीलाई अन्यत्र सरुवा नहुने व्यवस्था गर्नुपर्ने बताए। उनले विकास, निर्माणको काममा सकेसम्म स्वदेशी कच्चा पदार्थको उपयोगमा जोड दिनुपर्ने आवश्यकतासमेत औँल्याए।

सुझावित समाचार