यात्रामा निस्कँदा...

बिहिबार, २८ बैशाख, २०८०
डिजिटल संस्करण

हाइकिङ वा ट्रेकिङमा निस्कँदा केही पूर्वतयारी गर्नुभयो भने सम्भावित चुनौतीहरूबाट बच्न सकिन्छ । यसका लागि सबैभन्दा पहिले आफू घुम्न जान लागेको ठाउँका विषयमा पर्याप्त जानकारी लिनुपर्छ । त्यहाँको भौगोलिक बनावट, भिरपाखा, जंगललगायत विषयमा जानकारी हुनुपर्छ । मौसमबारे पनि जानकारी लिनुपर्छ । 

पानीको बोतल, सिटामोललगायत आधारभूत स्वास्थ्य सामग्रीको बाकस, ग्लुकोज, चकलेट, नट्सजस्ता इनर्जी दिने खानेकुरा तपाईंले झोलामा बोक्नुपर्छ । गर्मीको समयमा मानिसहरू हाफ टिसर्ट लगाउन रुचाउँछन् । तर, लामो यात्रामा जाँदा तपाईंले पूरै बाहुला भएको टिसर्ट लगाउनुपर्ने हुन सक्छ । किनकि, ट्रेकिङका क्रममा तपाईंले घामको प्रत्यक्ष सम्पर्कबाट आफ्नो छालालाई जोगाउन जरुरी हुन्छ ।

तातो हावाले तपाईंलाई टाउको दुख्ने, चक्कर लाग्नेलगायत समस्या निम्त्याउन सक्छ । त्यसैले टाउकोलाई घामको सीधा सम्पर्कबाट जोगाउन तपाईंले ह्याट लगाउनु राम्रो हुन्छ ।  हिँड्दा छालामा सनस्क्रिन लगाउनुपर्ने हुन्छ । गर्मीमा हिँड्दा शरीरबाट अत्यधिक पसिना आउने गर्छ । जसकारण, तपाईंलाई ब्याक्टेरियाले संक्रमण गर्न सक्ने जोखिम पनि रहन्छ । यसबाट बच्न एन्टिब्याक्टेरियल पाउडर झोलामा बोक्न नबिर्सनुस् । घामको विकिरणसँगको प्रत्यक्ष सम्पर्कबाट आँखालाई जोगाउन सनग्लास बोक्नु राम्रो हुन्छ । 

सुझावित समाचार