टोपबहादुर रायमाझीले अनुसन्धानमा सघाउनुपर्ने एमालेको निर्णय

मंगलबार, २६ बैशाख, २०८०
डिजिटल संस्करण

एमालेले भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने नाममा भएको ठगी प्रकरणमा जोडिएका सचिव टोपबहादुर रायमाझीले कानुनअनुसार अनुसन्धानमा सघाउनुपर्ने निर्णय गरेको छ । 

आज बसेको सचिवालय बैठकले सचिव रायमाझीले विधि र कानुनसम्मत घटनालाई अनुसन्धान गर्न सघाउनुपर्ने निर्णय गरेको हो । 

रायमाझीलाई कारबाही गर्ने विषयमा भने छलफल नभएको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनले अहिले अनुसन्धान चलिरहेको र  अहिले नै दोषी देखिइनसकेकाले यस्ता कुरामा हतार गरेर नहुने बताए । 

सुझावित समाचार