लुम्बिनी योजना आयोगको उपाध्यक्षमा डा. केसी, प्रमुख सचिवसरह सुविधा

मंगलबार, २६ बैशाख, २०८०
डिजिटल संस्करण

प्रदेशमा प्रमुख सचिवसरह सुविधा लिने गरी लुम्बिनी प्रदेशको योजना आयोगको उपाध्यक्षमा डा. नहकुल केसी नियुक्त भएका छन्। 

प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. केसीलाई उपाध्यक्षमा नियुक्त गरेको हो। मुख्यमन्त्री अध्यक्ष रहने उक्त आयोगमा उपाध्यक्ष र चार सदस्य रहन्छन्। उपाध्यक्षमा नियुक्त केसी स्थानीय विज्ञ हुन्।

उपाध्यक्षको मासिक तलब ४९ हजार छ भने आवास सुविधा, फर्निचर, एउटा गाडी, इन्धन, मोबिल, सञ्चार सुविधा, धारा, बिजुली, अतिथि सत्कार, यातायात सुविधा गरी मासिक डेढ लाख बढी सुविधा पाउँछन्।

उनले ग्रामीण तथा स्थानीय विकासमा विद्यावारिधि हुन्। गरिबी निवारण कोषको पूर्वकार्यकारी निर्देशकसमेत रहेका तुलसीपुर– ६ निवासी केसीले अफगानिस्तानमा विकाससँग जोडिएर दशक बढी समय काम गरेका छन्।

सुझावित समाचार