बैतडीमा कुकुरले मान्छेको टाउको बोकेर ल्याएपछि...

आइतबार, १७ बैशाख, २०८०
डिजिटल संस्करण

बैतडीको पाटनमा कुकुरले लग्दै गरेको अवस्थामा मान्छेको टाउको भेटिएको छ। पाटन तल्लो बजारमा सडक निर्माणका लागि ल्याएको गिटीबाट कुकुरले तान्दै गरेको अवस्थामा मान्छेको टाउको भेटिएको हो। 

गिटीको थुप्रोबाट कुकुरले टाउको लग्दै गरेको खबर आएपछि प्रहरी घटनास्थल गएको बैतडीका प्रहरी निमित्त प्रहरी प्रमुख लोकराज जोशीले बताए। 

घटनास्थललाई प्रहरीले अहिले घेरा हालेको र उक्त गिटी कहाँबाट ल्याइएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए। टिपरमा बोकेर ल्याइएको गिटीमा मान्छेको टाउको फेला परेको प्रहरीले बताएको छ।

See More On

सुझावित समाचार