बारामा रोकिएको मतगणना पुनः सुरु

मंगलबार, १२ बैशाख, २०८०
डिजिटल संस्करण

बारा क्षेत्र नम्बर २ मा रोकिएको मतगणना पुनः सुरु भएको छ।

मतपेटिका राखिएको कोठाको चाबी बोकेर दलका प्रतिनिधि हिँडेपछि मतगणना करिब आधा घन्टा रोकिएको थियो। उक्त कोठाको ताला खुलेसँगै मतगणना पुनः सुरु भएको हो।

एमालेका प्रतिनिधि मोहन लामिछाने मतपेटिका राखेको कोठाको चाबी लिएर मतगणनास्थलबाट बाहिरिएका थिए।

हालसम्म करैया गाउँपालिका, सुवर्ण गाउँपालिका, कोल्हवी ८ नम्बर वडा तथा  महागढीमाई नगरपालिका ९, १० र ११ वडाको मतगणना सम्पन्न भइसकेको छ।

See More On

सुझावित समाचार