बारा २ मा जनता समाजवादीका उपेन्द्र यादवले अग्रता बढाउँदै लगेका छन्। झिनो मतान्तरले अघि लागेका उपेन्द्रले जनमतका शिवचन्द्र कुशवाहाभन्दा २११ मतान्तरले अघि छन्।
४८३९ मत गणना सकिँदा उपेन्द्रले १८७२ मत ल्याएका छन् भने शिवचन्द्रले १६६१ मत ल्याएका छन्। त्यसैगरी, एमालेका पुरुषोत्तम पौडेलले ७२९ र रास्वपाका रमेश खरेलले २६९ मात पाएका छन्।