तनहुँ १ मा अहिलेसम्म २९ हजार आठ सय दुई मतगणना भएको छ। अहिलेसम्म २१ वडाको मतगणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता बढाउँदै लगेका छन्।
उनले १५ हजार एक सय ३५ मत ल्याउँदा कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले आठ हजार सात सय ३१ मत ल्याएका छन्। यस्तै, एमालेका सर्वेन्द्र खनाल पाँच हजार मतसहित तेस्रो स्थानमा छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार अब २१ वटा वडाको मतगणना बाँकी छ।