जुम्लामा खस प्रतिष्ठान र संग्रहालय बनाउन सांसद तामाङको माग

बिहिबार, ७ बैशाख, २०८०
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रकी सांसद छिरिङ ल्हामु लामा तामाङले सरकारसँग खस सभ्यता जोगाउन माग गरेकी छिन् । बुधबार संसद्को शून्य समयमा बोल्दै सांसद तामाङले खस सभ्यताको संरक्षण र प्रचारका लागि जुम्लामा खस प्रतिष्ठान र संग्रहालय बनाउन माग गरेकी हुन् ।

‘खस सभ्यतालाई संसारमा चिनाउन जरुरी छ । यो हाम्रो मौलिक सभ्यता हो,’ उनले भनिन्, ‘यसका लागि सिँजामा खस प्रतिष्ठान र खस संग्रहालय स्थापना गरौँ ।’

उनले आगामी बजेटमा दुर्गम क्षेत्रलाई प्राथमिकता दिन भन्दै कर्णालीका सडकहरूलाई पर्याप्त रकम दिन माग गरेकी छिन् । ‘कर्णाली राजमार्ग, छिन्जु–डोल्पा सडक, नाग्मा–गमगढी–नाङ्चेलाग्ना सडक, खुलालु–हुम्ला सडकहरूलाई पर्याप्त रकम विनियोजन गरौँ,’ उनले भनिन् । 

सांसद तामाङले खस सभ्यताको संरक्षण र जुम्ला विमानस्थलको स्तरोन्नतिका लागि यसअघि नै पर्यटन मन्त्रालयमा मागसहित ध्यानाकर्षण गराइसकेकी छिन् । 

सुझावित समाचार