रास्वपा सांसद श्रेष्ठले दुर्गा प्रसाईंसँग साढे दुई करोड मागेको अडियो सार्वजनिक

आइतबार, २६ चैत, २०७९
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठ लेनदेन प्रकरणमा तानिएका छन्। 

सांसद श्रेष्ठले मन्त्री बन्ने पार्टीलाई साढे दुई करोड बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग कुराकानी गरेको अडियो सार्वजनिक भएको छ। 

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले आफूहरूले पनि अडियो सुनेको र त्यसबारे पार्टीले छिट्टै आफ्नो धारणा सार्वजनिक गर्न बताए। 

उनको अडियो कपुरबोट टिभीले आज सार्वजनिक गरेको हो। १० मिनेट ४३ सेकेन्डकाे अडियोमा श्रेष्ठले वर्तमान सरकारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री आफ्नो पार्टीको भाग परेको र पार्टीलाई साढे दुई कराेड बुझाउनुपर्ने भन्दै प्रसाईंसँग लेनदेनको बार्गेनिङ गरेका छन्। प्रसाईंले पनि दुई करोड रुपैयाँ व्यवस्थापन गरिदिने जिम्मा लिने भन्दै आश्वासन दिएका छन्। प्रसाईंले स्वास्थ्य क्षेत्रमा आफू डा.गाेविन्द केसीभन्दा बढी भिडेकाे बताउँदै श्रेष्ठलाई अघि बढ्न हाैसला दिएका छन्। प्रसाईंले मन्त्री बनेपछि आफ्नो काम गरिदिनुपर्ने सर्त राखेको अडियोमा सुनिन्छ। 

सुझावित समाचार