बर्दियामा सुत्केरी महिलाको मृत्यु

मंगलबार, २० असोज, २०८३
डिजिटल संस्करण

बर्दिया/ बर्दियामा सुत्केरी महिलाको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका, ३ झुन्डीपुरकी ३१ वर्षीया कल्पना चौधरीको  मृत्यु भएको हो।

चौधरीलाई पहिलादेखि सिकलसेल र जन्डिसको स्वास्थ्य समस्या रहेको परिवारले जनाएको छ। गर्भवती रहेकी चौधरीको भेरी अस्पताल नेपालगञ्ज, बाँकेमा असोज ६ गते शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि बच्चा र आमा सुरक्षित रहेका थिए।

असोज १६ गते  चौधरीलाई श्वासप्रश्वास सम्बन्धी स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर लगिएको थियो। 

कोहलपुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि असोज १७ गते काठमाडौं लैजाने क्रममा चौधरीको मृत्यु भएको बारबर्दिया नगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक हरिशकुमार डिसीले जानकारी दिए ।
 

सुझावित समाचार