दूरसञ्चार ऐनका कारण नेपाललाई ५०औँ अर्ब नोक्सान हुँदै छ : शेखर कोइराला

शुक्रबार, २४ चैत, २०७९
डिजिटल संस्करण
दूरसञ्चार ऐनका कारण नेपाललाई ५०औँ अर्ब नोक्सान हुँदै छ : शेखर कोइराला

फाइल तस्बिर

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले ड्राफ्ट गरिरहेको दूरसञ्चार ऐनका कारण नेपाललाई ५०औँ अर्ब रुपैयाँ नोक्सान हुने दाबी गरेका छन् ।

शुक्रबार काठमाडौंमा नेपाल सार्वजनिक सेवा कर्मचारी संघको सातौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । एनसिएल २५ वर्षमा सरकारको स्वामित्वमा आउने वेलामा विभिन्न चलखेल भइरहेको दाबी गरे ।

‘अहिले एउटा एक्ट आउँदै छ । आइसकेको छैन, हामीले संसदमा त सुनेका छैनौँ, तर त्यो एक्टले ५०औँ अर्ब रुपैयाँ नेपाललाई नोक्सान हुने अवस्था छ । त्यो टेलिकमको कुरा गरेको हो । एनसिएलले २५ वर्षपछि छोड्नुपर्ने, एनसिएलले दिनुपर्ने पैसा के छ ? उसले के बदमासी गरेर मिलाउँदै छ ? यस्ता कुरा भन्नुपर्छ तपाईंहरूले,’ उनले भने ।

सुझावित समाचार