महानगर पुनः बस्ती उठाउन आएपछि सुकुमबासी टायर बालेर विरोधमा

शुक्रबार, २४ चैत, २०७९
डिजिटल संस्करण
महानगर पुनः बस्ती उठाउन आएपछि सुकुमबासी टायर बालेर विरोधमा

तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

काठमाडौं महानगरपालिकाले पुनः बस्ती हटाउने तयारी गरेपछि सुकुमबासीहरू विराेधमा उत्रिएका छन् । नगर प्रहरी आउन लागेको खबर पाएपछि बागमती करिडोरका सुकुमबासीले टायर बालेर प्रदर्शन गरेका हुन् ।

करिडोरको बानेश्वर क्याम्पस–सिनामंगल क्षेत्रमा टायर बालेर र ढुंगा राखेर उनीहरूले महानगरकाे टाेलीकाे बाटाे राेक्ने प्रयास गरेका छन्। यस क्षेत्रमा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ ।

सुझावित समाचार