महालक्ष्मी विकास बैंकका ग्राहकलाई रेस्टुरेन्ट तथा शृंगारका विभिन्न संस्थामा विशेष छुट

मंगलबार, २१ चैत, २०७९
डिजिटल संस्करण

महालक्ष्मी विकास बैंक लिमिटेडले रेस्टुरेन्ट तथा शृंगारका क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरूसँग सम्झौता गरेको छ।

सम्झौतापश्चात् बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरूले ती संस्थाका विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

बैंकका ग्राहकहरूले बुढानीलकण्ठमा अवस्थित मेराकी होलिस्टिक वेलनेस रिट्रिटका सेवाहरूमा अधिकतम १५ प्रतिशत, जावलाखेलमा अवस्थित बर्गर स्याकका सेवाहरूमा अधिकतम १० प्रतिश, बुटवल उपमहानगरपालिकामा अवस्थित समृद्धि हेअर ड्रेसिङ सलुन एन्ड एकेडेमीका सेवामा अधिकतम २० प्रतिशत र भाटभटेनी टंगालमा अवस्थित छोटु युनिसेक्स सलुन प्रालिका सेवाहरूमा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

सुझावित समाचार