उम्मेदवारी दर्ता गर्न छुट्टाछुट्टै समय

आइतबार, १९ चैत, २०७९
डिजिटल संस्करण

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि भोलि उम्मेदवारी दर्ताको तालिका छ। यस प्रयोजनका लागि निर्वाचन आयोगले तनहुँका राजनीतिक दललाई बेग्लाबेग्लै समय निर्धारण गरेको छ। 

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि भोलि चितवन २, बारा २ र तनहुँ १ मा उम्मेदवारी दर्ताको कार्यतालिका छ। 

मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँले आज सरोकारवाला राजनीतिक दलहरूसँगको छलफलपछि छुट्टाछुट्टै समय निर्धारण गरेको हो। 

मुख्य निर्वाचन अधिकत कोमलप्रसाद आचार्यले एमालेलाई बिहान ११ बजे, कांग्रेसलाई मध्याह्न १२ बजे, राप्रपालाई दिउँसो १ बजे, एकीकृत समाजवादीलाई दिउँसो १ः३० र माओवादीलाई दिउँसो २ बजेको समय निर्धारण गरिएको छ। 

अन्य राजनीतिक दललाई पनि सहमतिमै समय निर्धारण गरेर उम्मेदवारी दर्ताका लागि व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

सुझावित समाचार