सानेपामा नेविसंघ नेताहरूको अनशन : महाधिवेशन सुनिश्चित गर्न माग

शनिबार, १८ चैत, २०७९
डिजिटल संस्करण

नेपाल विद्यार्थी संघ (नेविसंघ)का असन्तुष्ट समूहले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा अनशन सुरु गरेका छन्।

असन्तुष्ट समूहले नेविसंघ बृहत् संघर्ष समिति बनाएर अनिश्चितकालीन रिले अनशन थालेको हो। विद्यार्थी नेता अमन भुसालका अनुसार पहिलो दिन निश्चल महर्जन र अनशुल केसी अनशनमा छन्।

उनीहरूले म्याद सकिसकेको सभापतिलाई खारेज गरी नयाँ पदाधिकारीसहितको विधानसम्मत कमिटी ल्याउनुपर्ने, सभापतिले म्याद सकिएपछि जारी गरेका चिठी खारेज हुनुपर्ने र १२औँ महाधिवेशन सुनिश्चित गरिनुपर्ने माग राखेका छन्।

सुझावित समाचार