हावाहुरीसहित मध्यम वर्षाको सम्भावना

शुक्रबार, १७ चैत, २०७९
डिजिटल संस्करण

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ। यसका कारण देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ-हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। हाल गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित बाँकी प्रदेशका पहाडी भूभागमा सामान्य बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

शनिबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी भूभागका केही स्थानमा साथै तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

आज काठमाडौंमा मौसम आंशिकदेखि सामान्य बदली रही छिटफुट वर्षाको सम्भावना छ। आज काठमाडौंको न्यूनतम तापक्रम ११ डिग्री र अधिकतम तापक्रम २६ डिग्री सेल्सियस छ।

See More On

सुझावित समाचार