ड्युटीमा खटिएका प्रहरी भेरी नदीमा खसेर बेपत्ता

शुक्रबार, १७ चैत, २०७९
डिजिटल संस्करण

हिमाली जिल्ला डोल्पामा ड्युटीमा खटिएका प्रहरी हवल्दार बेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय काइगाउँमा कार्यरत दैलेखको नौमुले गाउँपालिका घर भएका ४१ वर्षीय वरिष्ठ हवल्दार जोशीराम रेग्मी  काइगाउँ खोलामा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

मुड्केचुला गाउँपालिका– १ अन्तर्गत पर्ने भेरीकुना भन्ने ठाउँबाट बिहीबार साँझ पौने ६ बजेको समयमा  बेपत्ता भएको र खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए ।

बेपत्ता जोशी नियमित गस्तीका लागि खटिएको र खोजतलास गर्दा उनले बोकेको झोला भेटिएको प्रहरीले जनाएको छ । प्रहरी नायब निरीक्षकको नेतृत्वमा प्रहरीको टोली खोजी कार्यमा खटिएको बताइएको छ ।

See More On

सुझावित समाचार