मिटरब्याजपीडितलाई ट्रस्टको आर्थिक सहयोग

मंगलबार, १४ चैत, २०७९
डिजिटल संस्करण

यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टले मिटरब्याजपीडितलाई सहयोग गरेको छ। बानेश्वरमा पीडितहरूको आन्दोलनमा ऐक्यबद्धतासहित ट्रस्टले आर्थिक सहयोग गरेको हो।

ट्रस्टको तर्फबाट २० हजार र मिलन श्रेष्ठ शुभम् अस्पतालको तर्फबाट पाँच हजार आर्थिक सहयोग गरिएको हो। पीडितलाई ट्रस्टका अध्यक्ष एवं अस्पतालका बोर्ड डाइरेक्टर डा. केदारनरसिंह केसी र ट्रस्टका महासचिव तथा कांग्रेस नेता जगदीश्वरनरसिंह केसीले बानेश्वर पुगेर ऐक्यबद्धतासहित रकम हस्तान्तरण गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता केसीले तत्कालीन सरकार र पीडितबीच भएको ५ बुँदे सहमति कार्यान्वयन गर्न र मिटरब्याजीको मानसिक प्रताडनाका कारण मृत्यु भएका ऋणीका परिवारलाई राहत र क्षतिपूर्ति पीडकबाट भराउन सरकारसँग माग गरेका थिए।

सुझावित समाचार