राष्ट्रपतिको सचिवालयमा थप नियुक्ति, खिला कार्की प्रेस संयोजक

बिहिबार, २ चैत, २०७९
डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयमा नियुक्ति पाउनेको संख्या पाँच पुगेको छ । 

राष्ट्रपतिको सचिवालयमा बिहीबार खिला कार्कीलाई प्रेस संयोजनसमेत गर्ने गरी नियुक्त गरिएको छ । फोटोग्राफरमा अनिश रेग्मी र सचिवालयमा सुशील तिमल्सिनालाई नियुक्त गरिएको छ । 

राष्ट्रपति पौडेलले जिम्मेवारी सम्हालेपछि सचिवालयमा दोस्रोपटक नियुक्ति गरेका हुन् । मंगलबार राष्ट्रपतिले प्रमुख स्वकीय सचिवमा डा. सुरेश चालिसे र निजी सचिवमा चिरञ्जीवी अधिकारीलाई नियुक्त गरेका थिए । यससँगै सचिवालय पाँचसदस्यीय बनेको छ । 

सुझावित समाचार