बिवाइडीको तीन युनिट विद्युतीय गाडी आयल निगमलाई हस्तान्तरण

मंगलबार, ३० फागुन, २०७९
डिजिटल संस्करण

बिवाइडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको नेपालका लागि आधिकारिक विक्रेता साइमेक्स इन्क प्रालिले तीन युनिट अल–न्यु इसिक्स गाडी नेपाल आयल निगमलाई हस्तान्तरण गरेको छ । निगमको दिगोपना र वातावरणीय जिम्मेवारीको सोचअनुरूप यो गाडी खरिद प्रक्रिया अघि बढाएको हो ।

शून्य उत्सर्जन र कम सञ्चालन खर्च रहेका इसिक्स सवारीसाधन धेरै नै प्रभावकारी र वातावरणमैत्री रहेको कम्पनीले जनाएको छ । निगमका प्रोजेक्ट र आइटी डिपार्टमेन्टका डाइरेक्टर इन्जिनियर सुरज शाहले दिगोपनाका लागि प्रतिबद्घताअनुरूप विद्युतीय सवारीसाधनमा लगानी गरिएको बताए । विद्युतीय सवारीसाधन यातायातको भविष्य भएकोमा विश्वस्त रहेको र आउने दिनहरूमा सवारीसाधनलाई विद्युतीयमा रूपान्तरित गर्ने अवसरको खोजीमा रहेको उनको भनाइ थियो ।  

साइमेक्स इन्ककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले बिवाइडीका विद्युतीय गाडीहरू नेपाल आयल निगमले खरिद गर्नुलाई देशको पेट्रोलियम पदार्थमाथिको निर्भरता घटाउने र विद्युतीय साधनलाई प्रोत्साहन गर्ने कदमका रूपमा लिन सकिने बताइन् । यो सहकार्यले नेपालमा इलेक्ट्रिक सवारीसाधनको व्यापक प्रयोगका लागि उत्प्रेरकका रूपमा काम गर्ने र हरित, सफा भविष्यका लागि योगदान दिने उनको भनाइ थियो । 

कम्पनीले अल–न्यु इसिक्स नेपालमा सबैभन्दा लामो रेन्ज भएको विद्युतीय गाडी भएको दाबी गरेको छ । यो गाडी सिंगल चार्जमा पाँच सय २२ किलोमिटरसम्म यात्रा गर्न सक्ने जनाइएको छ । कम्पनीले विश्वभरि ३० लाख विद्युतीय गाडी बिक्री गरिसकेको जनाएको छ । 

सुझावित समाचार