निर्माणधीन अस्पतालमा प्रयोग भइरहेका समाग्रीको नमुना संकलन गर्न अख्तियारको टोली भिखमपुरमा

सोमबार, १५ फागुन, २०७९
डिजिटल संस्करण

पर्साको धोबिनी गाउँपालिका निर्माणधीन आधारभूत अस्पतालमा कमसल समाग्री प्रयोग भएको उजुरीको आधार सोमबार अख्तियारको टोली नमुना संकलन गर्न गाउँपालिका कार्यालय पुगेका छन्। 
 
वडा नम्बर ३ भिखमपुरमा निर्माणधीन १५ शय्याको अस्पतालमा कमसल समाग्री प्रयोग भएको उजुरीको आधार नमुना संकलन गर्न त्यहाँ गएकाे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाका सूचना अधिकारी विष्णु सापकोटाले जानकारी दिए। 

उनका अनुसार अख्तियारको टोली उजुरीमा उल्लेख भएअनुसारको जाँचबुझ गर्न सम्बन्धित स्थानमा पुगेको हो। गाउँपालिकाका इन्जिनियर रविभुषण पटेलका अनुसार अहिलेसम्म १५ प्रतिशत मात्र काम सम्पन्न भएको छ। 

आधारभूत अस्पताल निर्माणका लागि सम्बन्धित कार्यपालिकाको निर्णय, जिल्ला समन्वय समितिको सिफारिस, जग्गाको पुर्जा (पाँच शय्याको हकमा ५.६ रोपनी तथा १० वा १५ शय्याको हकमा ७.२ रोपनी) तथा डिपिआर तयार गरेर मन्त्रालयमा पेस गर्नुपर्छ।
 
यस्तो प्रारम्भिक रिपोर्ट मन्त्रालयले स्वीकृत गरेपछि मात्रै बजेट निकासा हुने मापदण्ड छ। तत्कालीन प्रधानमन्त्री केपी ओलीले १५ मंसिर ०७७ मा बालुवाटारबाट एकसाथ तीन सय ९६ अस्पतालको भर्चुअल शिलान्यास गरेका थिए।

सुझावित समाचार