७३औँ प्रजातन्त्र दिवसमा सिराहामा विद्यालयका बालबालिकाले राष्ट्रिय झन्डा, स्थानीय भेषभूषा र बाजागाजासहित नगर परिक्रमा गरेका छन्।
विभिन्न भेषभूषामा सजिएका बालबालिकाले राष्ट्रिय झन्डा र विभिन्न बाजागाजाका साथमा सिराहा बजारकाे परिक्रमा गरेका छन्।
.jpg'_'.2023-02-19.jpg)
‘प्रजातन्त्र दिवस, जिन्दावाद, माई डमोक्रेसी, माई भोट, मेरो अधिकार मेरो भोट, ह्याप्पी डेमोक्रेसी डे’लगायतका प्लेकार्डसहितका युनिभर्सल एकेडेमीका बालबालिकाले प्रदर्शन गरेका छन्।
बालबालिकाहरूले सडकबाटोमा हिँड्ने सडकयात्रीलाई ‘ह्याप्पी डेमोक्रेसी डे’ भन्दै फूल पनि वितरण गरेका थिए। यता चन्द माध्यमिक विद्यालय सिराहाले प्रजातन्त्र दिवसको अवसरमा हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरेको थियो।
.jpg'_'.2023-02-19.jpg)
हाजिरीजवाफ प्रतियोगितामा माध्यमिक तहका बालबालिका सहभागी भएको र विजेताहरूलाई पुरस्कृत गरिएको विद्यालयका प्रधानाध्यापक मधुसुदन कर्णले बताएका छन्।
सेनासहितको टोलीद्वारा सरसफाइ
यता सिराहा सदरमुकाममा नेपाली सेनासहितको सुरक्षाकर्मीको सहभागितामा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। ७३औँ प्रजातन्त्र दिवसको अवसर पारेर नेपाली सेनाको बहादुर शेर गणका सुरक्षार्की, सशस्त्र प्रहरी, नेपाल प्रहरीका सुरक्षाकर्मीको सहभागिता रहेको थियो।
.jpg'_'.2023-02-19.jpg)
.jpg'_'.2023-02-19.jpg)
.jpg'_'.2023-02-19.jpg)
.jpg'_'.2023-02-19.jpg)
.jpg'_'.2023-02-19.jpg)
.jpg'_'.2023-02-19.jpg)
.jpg'_'.2023-02-19.jpg)