रास्वपा संसदीय दल र केन्द्रीय समिति बैठक सुरु

सोमबार, १ फागुन, २०७९
डिजिटल संस्करण
रास्वपा संसदीय दल र केन्द्रीय समिति बैठक सुरु

फाइल तस्बिर

रास्वपा संसदीय दल र केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा बैठक सुरु भएको हो ।

चितवन २ मा पार्टीबाट कसले उम्मेदवारी दिने भन्ने विषयसहित समसामयिक राजनीति र संगठन विस्तारबारे छलफल हुने बताइएको छ । नागरिकताको विषयमा सर्वोच्चको फैसलासँगै पार्टी सभापति रवि लामिछानेको सांसद पद र मन्त्रालय गुमेपछि रास्वपा सरकारबाट बाहिरिएको थियो ।

यद्यपि, सो पार्टीले सरकारलाई समर्थन भने जारी राखेको छ । आजको बैठकमा सत्तारूढ दलहरूले सरकारमा सहभागी हुन गरेको आह्वानबारे पनि छलफल हुने बताइएको छ ।

See More On

सुझावित समाचार