राष्ट्रिय सभाको उपनिर्वाचनका लागि मतदान सुरु

बुधबार, २५ माघ, २०७९
डिजिटल संस्करण

लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनका लागि  दाङको घोराहीमा मतदान सुरु भएको छ । घोराही उपमहानगरपालिका– १५ स्थित कर्मचारी मिलन केन्द्रमा बिहान १० बजेदेखि मतदान सुरु भएको हो । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता चेतनारायण आचार्यले सुरुमा मतदान गरेका थिए । राष्ट्रिय सभा सदस्यबाट रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि सोही स्थानमा उपनिर्वाचन भएको हो । 

निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तह प्रमुख–उपप्रमुखहरूले अहिले मतदान गरिरहेका छन् । मतदानस्थलमा दुईवटा मतदान केन्द्र निर्धारण  गरिएको छ । 

मतदान केन्द्र ‘क’मा प्रदेश सभा सदस्य र मतदान केन्द्र ‘ख’मा स्थानीय तहका प्रमुख–उपप्रमुखका लागि मतदानको व्यवस्था मिलाइएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए । उनका अनुसार मतदान दिउँसो ३ बजेसम्म हुनेछ । 

लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या तीन सय पाँच रहेको छ । जसमध्ये प्रदेश सांसद ८७  र पालिका प्रमुख तथा उपप्रमुख दुई सय १८ जना छन् । उपनिर्वाचनका लागि सत्तागठबन्धनबाट नेकपा एमालेका कुमार दसाैदी, नेपाली कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उनमुक्ति पार्टीबाट राजेन्द्रवीर राय उम्मेदवार छन् । 

सुझावित समाचार