सांसदले नागरिकसँग गरेका वाचा संसदीय गतिविधिबाट पूरा गर्नुपर्छ : सभामुख घिमिरे

बिहिबार, १९ माघ, २०७९
डिजिटल संस्करण

सभामुख देवराज घिमिरेले छोटो समयमा नै संसदीय गतिविधिबाट नागरिकका समस्या समाधान गरी नेपालको संसदीय इतिहासमै शिक्षा दिने किसिमको भूमिका खेल्न सांसदहरूलाई आग्रह गरेका छन् ।

बिहीबार संसद् भवन नयाँ बानेश्वरमा आयोजित प्रतिनिधिसभाका सदस्यका लागि दुईदिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नागरिकका समस्याको चाङ बढ्दै गइरहेकाले त्यसको समाधान गर्न संसदमा आफ्नो भूमिकालाई बलियो बनाउनुपर्नेमा जोड दिए  ।

‘हामीप्रति देशले ठूलो अपेक्षा राखेको छ, यसका आफ्नै खालका प्रक्रिया छन्, परम्परा छन्, पद्धति छन् । यसलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्नुपर्नेछ । विगतलाई फर्किएर हेर्दा हाम्रा आचार, व्यवहार कतिपय मानेमा जनउत्तरदायी हुन नसकेका छन् भने कतिपय हामीले विचार गरेका हाम्रो वस्तुपरिस्थितिबारे उल्लेखनीय उपलब्धि पनि छन्,’  सभामुख घिमिरेले भने । 

संसदलाई प्रभावकारी बनाउने सबैभन्दा ठूलो जिम्मेवारी सरकार र प्रमुख प्रतिपक्षको हुने उनले प्रस्ट पारे ।

सुझावित समाचार