सभामुख घिमिरेले लिए शपथ

शुक्रबार, ६ माघ, २०७९
डिजिटल संस्करण

सभामुख देवराज घिमिरेले पद तथा गोपनीताको शपथ लिएका छन् । उनले केही बेरअघि शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

उनी  बिहीबार संसदबाट एक सय ६७ मत पाएर सभामुखमा निर्वाचित भएका थिए । शथपग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनालगायत उच्चपदस्थ व्यक्तिहरू सहभागी थिए । 

सुझावित समाचार