महालक्ष्मी विकास बैंकका ग्राहकलाई दुई स्वास्थ्य संस्थामा विशेष छुट

मंगलबार, ३ माघ, २०७९
डिजिटल संस्करण

महालक्ष्मी विकास बैंकका ग्राहकले दुई स्वास्थ्य संस्थामा विशेष छुट पाउने भएका छन् । बैंकले सानेपामा रहेको स्टार हस्पिटल लिमिटेड र नयाँ बानेश्वरको अल्फा केयर प्रालीसँग सम्वनय गरेसँगै ग्राहकलाई विशेष छुट हुने भएको हो ।

यस किसिमको सहकार्यबाट स्वास्थ्य उपचारमा ग्राहकहरुको पहुच बढ्नुका साथै सहज र सुलभ स्वास्थ्य उपचारबाट लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले दुबैबाट १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

महालक्ष्मी  विकास बैंकले ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै विगत २८ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आइरहेका दाबी गरेको छ ।  
        
                                        
 

सुझावित समाचार