गण्डकी प्रदेश सभाको सभामुखमा माओवादी केन्द्रका कृष्ण धिताल निर्वाचित भएका छन्। प्रदेश सभाको शनिबारको बैठकमा भएको मतविभाजनपछि गोरखा १ (क) बाट निर्वाचित धिताल निर्वाचित भएका हुन्।
६० सदस्यीय प्रदेश सभामा एमालेका २२, माओवादीका आठ, राप्रपाका दुई र एक स्वतन्त्र गरी ३३ सांसदले धितालको पक्षमा मत जाहेर गरेका थिए।