घुम्दैफिर्दै पुरानै दौँतरीसँग घनश्याम

शुक्रबार, २९ पुष, २०७९
डिजिटल संस्करण

नेकपा एमालेका पूर्वउपमहासचिव एवं वामपन्थी नेता घनश्याम भुसाल आज नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन्।  

नयाँ बानेश्वरस्थित अर्याल होटेलमा पत्रकार सम्मेलन गर्दै भुसाल एकीकृत समाजवादीमा प्रवेश गरेका हुन्।  

गएको मंसिर ४ मा सम्पन्न निर्वाचनमा एमालेबाट टिकट नपाएपछि उनले एमाले छाडेर रुपन्देहीबाट स्वतन्त्र उम्मेदवारी दिएका थिए। 

एकीकृत समाजवादीले भुसाललाई सचिवालय सदस्यमा मनोनयन गर्ने तयारी गरेको छ। भुसालले एकीकृत समाजवादी पार्टीमा रहेर ठूला पार्टीलाई एक बनाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन्। 

तस्बिर : संजित परियार/नयाँ पत्रिका 

सुझावित समाचार