पछिल्लो समय विवाह उत्सव, जन्मोत्सव तथा बधाई–शुभकामना आदानप्रदान गर्ने क्रममा प्रियजनहरूलाई बुकी दिने गरिन्छ । विवाहका लागि कार्नेसन र जर्बेरा फूलको प्रयोग गरेर बुकी बनाइन्छ । जन्मदिनको शुभकामना दिन लिली र जर्बेरा प्रयोग गरिन्छ ।
यसरी तयार गरिन्छ
विभिन्न किसिमका फूल र बिरुवाका पातलाई प्रयोग गरेर बुकी तयार गरिन्छ । रंगिचंगी फूलहरूको संयोजनले बुकीलाई आकर्षक बनाउन ठूलो भूमिका खेलेको हुन्छ । बजारमा विभिन्न आकर्षक बुकीहरू पाइन्छन् ।
तपाईंले मौसमअनुसारका फूलहरू प्रयोग गरेर घरमै पनि बुकी तयार गर्न सक्नुहुन्छ । एकै रङका वा थरीथरीका फूलहरूको प्रयोग गरेर रंगिचंगी बुकी पनि बनाउन सक्नुहुन्छ । बुकी तयार गर्दा पनि लामो समयसम्म टिक्ने फूल तथा बिरुवा प्रयोग गर्नुपर्छ ।
मौसमअनुसार बजारमा विभिन्न थरीका फूलहरू पाइन्छन् । नेपालमा बुकीका लागि प्रयोग हुने फूलहरू कार्नेसन, गुलाफ, जर्बेरा, लिली, एन्थोरियम, डायन्थस, गोदावरी, ग्लाडियस, टुलिप, बर्डलगायत हुन् ।