मौसम चिसो भएसँगै कुकुरका लागि न्यानो वासस्थान, लुगा तथा ताजा खानेकुराको व्यवस्था गर्न जरुरी हुन्छ । रोगप्रतिरोधी क्षमता बढाउन ताजा खानेकुरा दिनुपर्छ । नेपाली बजारमा कुकुरलाई चिसोबाट जोगाउने ज्याकेट, टि–सर्ट, बेड, सोफा र कपडाको घर पाइन्छन् । यसले उनीहरूको शरीरलाई न्यानो र तातो बनाउँछ ।
विभिन्न डिजाइनका कपडाका घर पाइन्छन् । कपडाको घरलाई २५ सय रुपैयाँमाथि पर्न आउँछ । साइजअनुसार मूल्य पनि फरक हुन्छ । लार्ज साइजलाई पाँच हजारमाथि पर्न आउँछ । नेपालमा बनेको सस्तो हुन्छ । साइजअनुसर यसको मूल्य पनि फरक पर्न आउँछ । तातोका लागि सुत्न र बस्ने मिल्ने कपडाको सोफा उपयुक्त हुन्छ । साना र ठूला दुवैखाले कुकुरका लागि यस्ता घर पाइन्छन् ।
जाडोमा यस्ता खानेकुरा
-कतिपयले बिहान बनाएको खाना दिउँसो र बेलुकी पनि दिने गरेको देखिन्छ । कुकुरले तातो खान सक्दैन, तर पूरै चिसो दिँदा पनि स्वास्थ्यमा असर गर्छ । त्यसैले तापक्रम मिलाएर दिनुपर्छ ।
-जाडोमा ‘बोइल एग’ खुवाउन सकिन्छ । यसले शरीर तातो बनाउँछ ।
-कुकुरले प्रायः जाडोमा पानी कम खाने भएकाले झोलिलो खानेकुरा दिनुपर्छ । चिकेन सुप, बफ सुपलगायत दिनुपर्छ ।
-चिसो खानेकुरा दिनै हुँदैन । चिसो मौसममा आइसक्रिम, कोक पनि दिएका हुन्छन् । यो गलत हो । शारीरिक विकासका लागि क्याल्सियम र भिटामिन खुवाउनुपर्छ ।