सनस्क्रिन कतिवेला लगाउने ?

शुक्रबार, २२ पुष, २०७९
डिजिटल संस्करण

- हामीमध्ये धेरैले घरबाट निस्कने वेला मात्रै सनस्क्रिन लगाउँछौँ । तर, घरबाहिर निस्किनुभन्दा कम्तीमा १५ मिनेट पहिले सनस्क्रिन लगाउनुपर्छ । यसो हुँदा छालामा यो राम्रोसँग बसिसकेको हुन्छ । 

- घाममा काम गर्नेहरूले घरबाट निस्किएको दुई–तीन घन्टापछि फेरि सनस्क्रिन लगाउनुपर्छ । यसो गर्दा छालामा घामको विकिरणको असर पर्न पाउँदैन । 

- आफ्नो छाला कस्तो प्रकारको हो भन्नेबारे चिकित्सकसँग परामर्श लिएर मात्रै सनस्क्रिन र लोसन प्रयोग गर्दा राम्रो हुन्छ । 

- शरीर नुहाएपछि मस्चराइजर क्रिम लगाउनुपर्छ । कतिपयको बाहिरबाट आउँदा मात्रै मुख धुने चलन हुन्छ । तर, शरीर नुहाएपछि पनि मस्चराइजर क्रिम लगायो भने फाइदा गर्छ । 

- राति सुत्ने वेला अनिवार्य मस्चराइज क्रिम लगाउनुपर्छ । 

सुझावित समाचार